नियम १२
अन्य काम

(१) सम्पत्ति कर अधिकृतले आफ्नो अञ्चलको सदरमुकाममा काम सकिएपछि आफ्नो सालभरको रुटिन अनुसार अञ्चलका विभिन्न स्थानमा मुकाम गरी कर निर्धारण र दाखिलको आदेश दिनेछ ।

(२) सम्पत्ति कर अधिकृत नभएका इलामामा बस्ने करदाताले जिल्लाको जिल्ला प्रशासन कार्यालय वा माल अड्डामा ऐन वा सो नियम बमोजिमको विवरण दाखिल गर्न सक्नेछ । त्यस्तो अड्डामा कर सम्बन्धी काम गर्ने एक वा एकभन्दा बढी कर्मचारी रहन सक्नेछन् । निजले कर निर्धारण र असूल गर्ने वाहेक कर सम्बन्धी अरु काम गर्नेछ । निज अञ्चल सम्पत्ति कर अधिकृतका मातहतमा रहनेछ ।

(३) कर तिर्नु पर्ने भन्ने लागेका करदाताहरूको तथ्याङ्क संकलन गर्नु सम्पत्ति कर अधिकृतको आदेश बमोजिम सरजमीन जाँचबुझ गर्नु र सम्पत्ति कर अधिकृतले लाए अह्राएको कर सम्बन्धी अरु काम गर्नु कर इन्स्पेक्टरको कर्तव्य हुनेछ । निजसंग आफ्नो फोटो भएको सम्पत्ति कर डाइरेक्टर वा अञ्चल सम्पत्ति कर अधिकृतले दस्तखत गरी राखेको परिचयपत्र रहने छ ।

(४) कर कार्यालयमा रहनुपर्ने रजिष्टरको ढाँचा सम्पत्ति कर डाइरेक्टरले तोकिदिने छन् ।